• ट्रेण्डिङ्ग :
अमेरिकाका राष्ट्रपति बाइडेन बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुने

अमेरिकाका राष्ट्रपति बाइडेन बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुने

  • 5.4K
    SHARES
    • भाद्र २५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    अमेरिकाका राष्ट्रपति बाइडेन बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुने

    वासिङटन । अमेरिकाका राष्ट्रपति जो बाइडेन बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुने भएका छन् । पत्रकारहरूको जिज्ञासाको जवाफमा अमेरिकी राष्ट्रपतिले महारानीको अन्त्येष्टिमा सहभागी हुने घोषणा गरेका हुन् । 

    images

    बेलायतका राजा चार्ल्स तृतीयसँग आफूले हालसम्म कुराकानी नगरेको उनले बताए । ‘म उहाँलाई चिन्छु तर उहाँसँग कुरा गरेको  छैन । मैले उहाँलाई अहिलेसम्म फोन पनि गरेको छैन,’ ओहायोको कोलम्बसमा एयर फोर्स वानमा सवार हुनुअघि उनले पत्रकारहरू माझ भने ।

    राष्ट्रपतिसँग औपचारिक प्रतिनिधिमण्डल पनि लण्डन जाने सम्भावना रहेको अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्कले जनाएको छ । शुक्रबार राष्ट्रपतिले आफ्नी अर्धाङ्गिनी जिल बाइडेनका साथ यहाँस्थित ब्रिटिस दूतावासमा शोक पुस्तिकामा हस्ताक्षर गरेका थिए । 

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • तेस्रो आँखा
    लेखकबाट थप