तेस्रोआँखा डेस्क
काठमाडौँ,मंसिर २७ ।
कांग्रेसको नयाँ नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका नेताहरु मतदान स्थल परिसरमा भोट माग्न ब्यस्त बनेका छन् । भृकुटिमण्डप परिसरमा नेताहरु मतदातासंग भोट माग्न ब्यस्त छन् । यि मध्यका महामन्त्री पदका उम्मेदवार डा. मिनेन्द्र रिजाल बिहानै भोट माग्नका लागि त्यहाँ पुगिसकेका थिए । हँसिला रिजालले मतदाताहरुलाई हाँस्दै मत मागिरहेका छन् । शेखर कोइरालाको सिंगो टिमलाई मतदान गरेर विजयी गराउन भन्दै रिजाल मतदाताहरु संग बिहानै देखि साक्षात्कार गरिरहेका छन् ।
उनि शेखर कोइराला समुहबाट महामन्त्री पदका उम्मेदवार हुन् । कांग्रेसको नेतृत्व परिवर्तनले मात्रै ‘असल कांग्रेस’ निर्माण हुने भन्दै रक्षामन्त्री समेत रहेका रिजालले मतदाताहरुलाई असल कांग्रेस निर्माणका लागि विवेक प्रयोग गर्न अनुरोध गरिरहेका छन् । उनले कांग्रेसलाई यो दिशामा पुर्याउन शेखर कोइरालाको नेतृत्व आउनु पर्ने बताउँछन् ।
‘हामीले खोजेको असल कांग्रेस हो, असल कांग्रेस बनाउनका लागि अहिलेको नेतृत्व परिवर्तन आवश्यक छ,’ मत माग्दै उनले मतदाताहरुसंग भनेका छन् ‘हामीले चाहेको कांग्रेस बनाउनका लागि शेखर कोइरालाको समुहलाई जिताउनै पर्छ, यसमा हामिले विवेक प्रयोग गरौँ ।’
