• ट्रेण्डिङ्ग :
नेपाली टेलिभिजनको इतिहासमा पहिलो पटक 'द पोएट आइडल' आयोजना गरिने !

नेपाली टेलिभिजनको इतिहासमा पहिलो पटक 'द पोएट आइडल' आयोजना गरिने !


  • 6.3K
    SHARES
    • भाद्र २६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    नेपाली टेलिभिजनको इतिहासमा पहिलो पटक  'द पोएट आइडल' आयोजना गरिने !

    काठमाडौं। नेपाली भाषाका कविहरुको प्रतिभालाई संसारसामु उजारगार गर्ने उद्देश्यले यार टेलिभिजन रियालिटी सो  'द पोएट आइडल'  को घोषणा गरिएको छ। गीत, संगीत,नृत्य वा अन्य विशेष प्रतिभालाई जनसमक्ष ल्याउने कार्यक्रम अन्तर्गत द पोएट आइडल हुन लागेको हो  ।

    images

     कवि प्रतिभालाई लक्षित गरेर पहिलो पटक  कार्यक्रम ल्याउन लागिएको  आयोजकले जानाएको छ। टेलिभिजन कार्यक्रममा लामो समयको अनुभव बटुलेका निर्देशक अमनप्रताप अधिकारीको निर्देशनमा  'द पोएट आइडल' ' हुन लागेको हो । 'गामबेसीका कवि' क्षेत्र प्रताप अधिकारीको स्मृतिमा बन्न लागेको यस कार्यक्रमले देशका कुनाकन्द्रामा रहेका कविहरुलाई मञ्च दिने भएको छ। कार्यक्रम  'द पोएट आइडल' 'मा भाग लिन ईच्छुकले कार्यक्रमको इमेल, ह्वाट्सअप, भाइबर, फेसबुक जस्ता डिजिटल प्लेटफर्ममार्फत आफ्ना कविता ऑफैले वाचन गरेको २ मिनेटसम्म मामी निडियो पठाएर डिजिटल अडिशन दिन सक्नेछन् । 

    आयडल कार्यक्रम रियालीटी टिभी कार्यक्रमको विश्वव्यापी प्रारूप अनुरुपकै हुने भएको छ । कार्यक्रममा सहभागीबीच प्रतिस्पर्धा हुनेछ भने प्रस्तुति जाँच्ने निर्णायक हुनेछन् । दर्शकहरुले पनि आफूलाई मन परेका प्रतिष्पर्धी कवि, कवयित्रीलाई भोट हाल्नेछन्। यसैको आधारमा हरेक हप्ता एक-एक गर्दै प्रतिस्पर्धी बाहिरिने छन् । अन्तिममा एकजना प्रतिभा 'द पोएट आइडल'' बन्नेछ । किताबमा कविता पढ्ने, सामान्य कविता प्रतियोगिता वा कवि सम्मेलनमार्फत कविता सुन्ने चलन नेपालमा भएकोमा अब नेपाली पाठक दर्शकसाम थप नौलो विधा, कविता हेर्ने र प्रस्तुत कसरी गर्ने भन्ने भावपनि यो कार्यक्रममा प्रस्तुत हुनेछ।   

    कार्यक्रममा आफ्नै हावापानी, माटो सुहाउँदो, पारम्परिक सांस्कृतिक धरोहरलाई मौलिक तरीकाले पेश गरिने र विशुद्ध नेपालीपनलाई आत्मसातगरी निर्माण गरिने छ । चर्चित कविद्वय विप्लव प्रतिक र उपेन्द्र सुब्बाका साथमा निर्देशक तथा रंगकर्मी अनुप बराल र प्रतिभाशाली नायिका सुरक्षा पन्त  'द पोएट आइडल' को निर्णायक मण्डलमा रहनेछन्। कार्यक्रम संचालकका रूपमा भने ख्यात प्राप्त नायक दिव्य देवलाई देखिने छ। युवायुवती माझ सुप्रसिद्ध कथावाचक साइग्रेसलाई समेत कार्यक्रममा देखिने छ।

    भदौ २६ गते आइतबारदेखि 'द पोएट आइडल' मा भाग लिन इच्छक कवि, कवयित्रीले कार्यक्रमको विभिन्न सामाजिक संजालका ठेगानामा आफ्ना रचना वाचन गरेको भिडियो पठाएर छनोट चरणमा भाग लिन सक्ने छन् । कार्यक्रममा विश्वका जनसुकै स्थानमा रहेका नेपाली भाषी कविले भाग लिन पाउने छन् ।

  • सम्बन्धित विषय:

  • # 'द पोएट आयडल'

  • तेस्रो आँखा