• ट्रेण्डिङ्ग :
बेलायतका राजालाई चिनियाँ राष्ट्रपतिले दिए बधाइ

बेलायतका राजालाई चिनियाँ राष्ट्रपतिले दिए बधाइ


  • 5.3K
    SHARES
    • भाद्र २६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    बेलायतका राजालाई चिनियाँ राष्ट्रपतिले दिए बधाइ

    बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिन फिङले शनिबार बेलाइती राजा चार्ल्स तृतीयलाई गद्दीआरोहणका उपलक्ष्यमा बधाइ सन्देश पठाएका छन् ।

    images

    सो अवसरमा राष्ट्रपति सीले यस वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको सन्दर्भ स्मरण गरे। चिनियाँ राष्ट्रपतिले राजा चार्ल्स तृतीयसँग दुई देशका जनताबीच थप आपसी समझदारी र मित्रता अभिवृद्धि गर्न मैत्रीपूर्ण गतिविधि आदानप्रदान गर्दै पारस्परिक लाभ विस्तार गर्न आफू तयार रहेको बताए ।

    उनले विश्वव्यापी मुद्दाहरूमा आपसी समझदारी सुदृढ पारेर अगाडि बढ्न आफू प्रयत्नशील रहेको समेत बताए । उनले यस्ता गतिविधिबाट दुई देश र सिङ्गो विश्वमा समेत विकास र शान्तिलाई टेवा पुग्ने विश्वास व्यक्त गरे।