• ट्रेण्डिङ्ग :
चिनियाँ राष्ट्रिय जनकांग्रेसका अध्यक्षको नेपाल यात्रा किन ?

चिनियाँ राष्ट्रिय जनकांग्रेसका अध्यक्षको नेपाल यात्रा किन ?


  • 5.2K
    SHARES
    • भाद्र २७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    चिनियाँ राष्ट्रिय जनकांग्रेसका अध्यक्षको नेपाल यात्रा किन ?

    काठमाडौं । सभामुख अग्नि सापकोटाको निमन्त्रणामा चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समिति अध्यक्ष ली झान्शुले आज (सोमबार) देखि नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।

    images

    अध्यक्ष झान्शुको नेपाल भ्रमण भदौ ३० गतेसम्म रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी सोमबार अपराह्न विशेष विमानबाट काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

    सभामुख सापकोटा र अध्यक्ष लीले आज (सोमबार) प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ । सोमबारै साँझ सभामुख सापकोटाले अध्यक्ष ली र उनको प्रतिनिधिमण्डलका सदस्यका सम्मानमा भोजको आयोजना गर्दै छन् ।

    नेपालमा रहँदा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पर्सि (बुधबार) र प्रधानमन्त्री शेरबहादुर देउवासँग भोलि (मंगलबार) शिष्टाचार भेटवार्ता गर्नेछन् । यसैगरी मंगलबार उनले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि उनको छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । अध्यक्ष झान्शु यही भदौ ३० गते (बिहीबार) बिहान विशेष विमानबाटै स्वदेश फर्कनेछन् ।

  • सम्बन्धित विषय:

  • # जनवादी गणतन्त्र चीन

  • तेस्रो आँखा