• ट्रेण्डिङ्ग :
अत्तालिएकै हुन् देउवा ? 

अत्तालिएकै हुन् देउवा ? 


  • 6.6K
    SHARES
    • मंसिर २७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    अत्तालिएकै हुन् देउवा ? 

    देवेन्द्र बस्नेत

    images

    काठमाडौँ,मंसिर २७ ।  रामचन्द्र पौडेल सहित उनको परिवारसंग शेरबहादुर देउवाले खिचेको तस्बिर चर्चामा आयो । त्यहि तस्बिर ‘गतिलो’ समाचार बन्यो ‘देउवा र रामचन्द्र मिले ।’ सोमबार बिहानै पौडेललाई भेट्न उनकै निवासमा पुगेका सभापति पदका उम्मेदवार डा. शेखर कोइरालासंगको भेटमा पौडेलले उक्त हल्ला निराधार रहेको प्रष्टै पारिदिए ।

    शेखर कोइरालालाई समर्थन गरिसकेका डा.शशांक कोइराला पनि देउवा निकटस्थ बनेको समाचार बन्यो । देउवाकै ‘प्यानल’ मा केन्द्रीय सदस्यको उम्मेदवार समेटिदिएपछि शशांक पनि देउवा क्याम्पमा पुगेको हल्ला चलाइएको हो । जवकी डा.शशांकले शेखरलाई सभापतिमा सघाउने वचन सहित उनकै प्यानलबाट उम्मेदवारी दर्ता गरिसकेका छन् । 

    संस्थापन अर्थात देउवा पक्षबाट बरिष्ठ नेता पौडेल र शशांक कोइरालाका बिषयमा गरिएको यो अतिरञ्जित प्रचारले देउवाको ‘सभापति रेस’ गाह्रो बनेको आँकलन गर्न गाह्रो पर्दैन ।

    भलै शेखरसंगको भेटमा बरिष्ठ नेता पौडेलले चुनावका क्रममा यस्ता निराधार हल्ला चल्ने भन्दै यस्ता बिषयमा नअल्झन सुझाउँदै निर्धक्क मैदानमा जान आग्रह गरेका छन् । 

    तथापी संस्थापन इतर समूहका दुई ठूला नेताहरु आफूतिर आइसकेको भनेर गलत प्रचारबाजी गर्न लगाइनुले देउवा आत्तिएको प्रष्टै हुन्छ । यि दुई नेताको नाम आफूसंग जोडिएपछि उनिहरु पक्षीय मत आफ्नो पोल्टामा पर्न सक्छ भन्ने विश्लेषणबाट देउवा समूहले यो कदम चालेको हो नै । त्यसमाथी आफू इतरको समूहलाई ‘तितरवितर’ पारेर एकल शक्तिका रुपमा कांग्रेसमा खडा हुन सकिन्छ भन्ने ध्यय देउवाले बोकेको विश्लेषकहरुको टिप्पणी छ ।

    ‘यो समूहलाई कमजोर पारेर आफूलाई कांग्रेस भित्र एकल शक्तिका रुपमा स्थापित गर्ने नियत यो कुप्रचारले देखाएको छ,’ एक नेताले भने ‘त्यसमाथि संस्थापन इतरको मत पाएर विजयी हुने लक्ष्य संस्थापन समूहले बोकेको छ, फलतः यो समूह अत्तालिएको प्रष्टै छ ।’ 

    त्यसोत, आइतबार कांग्रेस महाधिवेशन प्रतिनिधिहरुका लागि बनाइएको ‘मेस’ मै पुगेर खाना खानु देउवा अत्तालिएको अर्को उदाहरण मान्न सकिन्छ । देउवाले यसरी जहज रुपमा आफूलाई प्रस्तुत गरेका विरलै घटना छन् ।

    पार्टीको तल्लो तहका अधिवेशनबाट प्राप्त नतिजाले सभापति बन्ने उत्साह देउवामा वेजोड चुलियो । फलतः उनले आफू निकटस्थ प्रेस युनियनमा आवद्ध पत्रकारहरुलाई बालुवाटारमा बोलाएर आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका थिए ।

    स्वाभाविकै रुपमा आफूले सहज जीत आँकलन गरेको चुनावमा अनपेक्षित मत परिणाम आए देउवालाई व्यक्तिगत रुपमा ठूलो नोक्सानी हुने छ । आफ्नो सभापति रेसलाई प्रधानमन्त्रीसंग मात्रै जोड्दै आएका देउवा सभापतिमै हारे उनले ‘ताकेको’ सरकारमा पदासिन हुने सपना टुट्ने शंशयमा देउवा छन् । त्यतिमात्रै हैन, दोस्रो पुस्ताका अन्य उम्मेदवारसंग पराजित हुँदा उनमा पीडावोध थपिने कुरा पनि निश्चित छ । त्यसकारण पनि उनी अत्तालिएको हुनसक्ने आँकलन गर्न सकिन्छ ।

    त्यसोत, सभापति पदमा ५ जनाको प्रतिष्पर्धा हुने भएपछि पहिलो लडाइँमै सभापति उत्रन सक्ने संभावना देउवासंग कायमै छ । पहिलो चरण अर्थात पहिलो मतदानबाट ५० प्रतिशत भन्दा बढी मत नआए दोस्रो चरणको मतदान उनका लागि ‘चोटिलो’ बन्न सक्ने खतराको आंकलन पनि देउवा समूहको छ । किनकी उनीबाट अलग भएर सभापति पदमा उम्मेदवारी दिएका बिमलेन्द्र निधीले ‘पहिलो चरणमै सभापतिको निक्र्यौल नहुने र दोस्रो चरणमा देउवा बिरुद्ध मोर्चा कस्ने’ घोषणा गरिसकेका छन् ।

    देउवालाई निधीको यो घोषणाले पनि झस्काएकै हुनुपर्छ । फलतः पहिलो चरणको मतदातबाटै उनी सभापतिमा विजयी हुन चाहन्छन् । अनि उनको समूहले रामचन्द्र, शशांकहरुको मत तान्नका लागि उनीहरुलाई मतदानको मुखैमा विवादमा ल्याउन अनेक प्रपञ्च गरिरहेको छ । 

       

      

     

     


    तेस्रो आँखा