• ट्रेण्डिङ्ग :
चिनियाँ जनकांग्रेसका अध्यक्ष ली आज पनि व्यस्त, प्रधानमन्त्री देउवा लगायतसँग भेटवार्ता गर्ने

चिनियाँ जनकांग्रेसका अध्यक्ष ली आज पनि व्यस्त, प्रधानमन्त्री देउवा लगायतसँग भेटवार्ता गर्ने


  • 5.2K
    SHARES
    • भाद्र २८, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    चिनियाँ जनकांग्रेसका अध्यक्ष ली आज पनि व्यस्त, प्रधानमन्त्री देउवा लगायतसँग भेटवार्ता गर्ने

    काठमाडौं । चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली झान्सु आज (मंगलवार)  पनि भेटवार्तामा व्यस्त हुने भएका छन् । उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्ने भएका हुन् । यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि झान्सुसँग संसद् भवनमा भेटवार्ता गर्ने तालिका  छ । 

    images

    जनकंग्रेसका अध्यक्ष चान्सुले पर्सि बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। चुनावको मिति नजिकिँदै गर्दा चीनबाट कम्युनिस्ट पार्टीका दोस्रो वरीयताका नेता नेपाल आउनुलाई महत्त्वका साथ हेरिएको छ । 

    नेपाल र चीनबीच सोमबार अन्तरसंसदीय सहयोगसम्बन्धी ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका प्रमुख ली झान्सुले समझदारीमा हस्ताक्षर गरेका संसद् सचिवालयले जनाएको छ । 

    समझदारी पत्रमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत समेत दुई देशबीच अन्तर-आबद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण तथा 'इन्टर–पार्लियामेन्ट्री' युनियन लगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदीय संगठनहरूको खाकाअन्तर्गत सहयोग सुदृढ गर्न दुई देशका प्रतिनिधि सहमत भएका उल्लेख छ ।

    यस्तै बहुआयामिक माध्यमबाट सबै तहमा अन्तर-संसदीय आदानप्रदान र सहयोग सुदृढ गर्नेदेखि दुई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्क आदानप्रदान गर्ने पनि समझदारी पत्रमा उल्लेख छ । ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै आइतबार दिउँसो काठमाडौं आइपुगेका हुन् । 

  • सम्बन्धित विषय:

  • # ष्ट्रिय जनकांग्रेस चीन

  • तेस्रो आँखा