• ट्रेण्डिङ्ग :
परराष्ट्रमन्त्री खड्का र चिनियाँ नेता लीबीच नेपाल-चीनबीचको सम्बन्धबारे छलफल

परराष्ट्रमन्त्री खड्का र चिनियाँ नेता लीबीच नेपाल-चीनबीचको सम्बन्धबारे छलफल


  • 5.4K
    SHARES
    • भाद्र २८, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    परराष्ट्रमन्त्री खड्का र चिनियाँ नेता लीबीच नेपाल-चीनबीचको सम्बन्धबारे छलफल

    काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गरेका छन् । 

    images

    दुईबीच मंगलबार भएको भेटमा आपसी हित, नेपाल र चीनबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोमबार नेपाल भ्रमणमा आएका अध्यक्ष लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरिसकेका छन् ।