• ट्रेण्डिङ्ग :
डेंगु नियन्त्रणका लागि सरकारले के गरेको छ ? : प्रेम सुवाल

डेंगु नियन्त्रणका लागि सरकारले के गरेको छ ? : प्रेम सुवाल


  • 5.3K
    SHARES
    • भाद्र २९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    डेंगु नियन्त्रणका लागि सरकारले के गरेको छ ? : प्रेम सुवाल

    काठमाडौं ।  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले डेंगु नियन्त्रणका लागि सरकारले के गरेको छ भन्दै प्रश्न गरेका छन् । 

    images

    प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सुवालले डेंगुका कारण जनताको मृत्यु भइरहेको अवस्थामा यसलाई नियन्त्रण गर्न सरकारले के काम गरिरहेको छ भनेर स्वास्थ्यमन्त्रीले सदनलाई जानकारी गराउन पर्ने माग राखेका हुन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै स्वास्थ्य मन्त्रीमाथि प्रश्न समेत उठाएका छन् ।

    उनले भने, 'स्वास्थ्यमन्त्रीज्यूले के छ देशका स्थिति यो त महामारीको रूपमा फैलिँदै छ । स्वास्थ्य मन्त्रालय नभएको जस्तो भयो । स्वास्थ्य मन्त्रालयका लागि त बजेट धेरै छुट्टयाइएकै हो । तर स्वास्थ्य मन्त्रालयको प्रभावकारिता देखिएन, मन्त्रीज्यूको नेतृत्व देखिएन । जनताको मृत्यु भइरहेको छ डेंगुको कारण सामान्य रोग हो यो सरसफाइ गरेको खण्डमा यो रोगबाट मृत्यु हुँदैन तर यति पनि स्वास्थ्य मन्त्रालयले नगरेको देखियो ।’


     


    तेस्रो आँखा