काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले चरित्र हत्या गरेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले अधिवक्ताहरूलाई बोलाएर गरेको छलफलमा बोल्ने क्रममा अधिवक्ता अर्यालले निलम्बित प्रधानन्यायाधीश जबराबाट चरित्र हत्या गर्ने काम भएको भन्दै त्यसलाई समितिले गम्भीर रुपमा लिनुपर्ने बताए । बिहीबार समितिले अर्यालसहित जबराले नाम ल्याएका कानुन व्यवसायीहरुलाई बोलाएको थियो ।
अर्यालले व्यक्तिगत रूपमा हानी भएकाले कानुनी बाटोमा जानका लागि आफूलाई समितिले मार्ग प्रशस्त गरिदिनका लागि अनुरोध समेत गरेका छन् ।
‘जबराको यो स्तरको कुचेस्टा हुनु दुर्भाग्यपूर्ण हो । यो नैतिकवान व्यक्तिले व्यक्त गर्न सक्दैन । यसलाई तत्काल रोक्न पहल नगर्नुस संसदीय मर्यादा नहुनु विडम्बना हो । यो त मर्यादामा आँच आउने कुरा हो । हाम्रो अधिकार हनन भयो । समितिले क्रस गरेर प्रमाण मागेन‚’ उनले भने ।
समितिमा उपस्थित भएका अर्यालले भने, ‘जबराले आफ्नो सफाइ पेस गर्नुपर्नेमा मेरो र श्रीमतीको नाममा कुप्रचार गरे । के कति आधारमा आरोप लगाएको हो, उहाँलाई अगाडि राखेर सत्य तथ्य बुझ्नुपर्छ ।’
अर्यालका अनुसार उनीकी श्रीमती पुनदेवी महर्जनले न्याय परिषदमा प्रक्रियाअनुसार न्यायाधीश बन्न निवेदन दिएकी थिइन् । ‘२४ वर्षदेखि वकालत गर्दै आउनुभएको हो । मसँग विवाह हुनुअघि नै उहाँ वकालतमा हुनुहुन्थ्यो । सर्वोच्चको वैतानिक वकिल हुनुहुन्थ्यो’, अधिवक्ता अर्यालले भने, ‘तर चण्डेश्वरसँग आजसम्म पुनदेवीको कुरा भएको छैन । जबरासँग कसले सिफारिस गर्यो म सोध्न चाहन्छु ? सिफारिस गएकोमा कदापि विश्वास लाग्दैन ।’
पुनदेवी महर्जनले न्याय परिषद्मा प्रक्रियाअनुसार न्यायाधीश बन्न निवेदन दिएको भन्दै उनले २४ वर्षदेखि वकालत गर्दै आएकी आफ्नी श्रीमती आफूसँग विवाह हुनुअघि नै वकालतमा रहेको उनले बताए । ‘सर्वाच्चको वैतानिक वकिल हुनुहुन्थ्यो । तर‚ उहाँलाई जबराले आरोप लगाएर आघात पुर्याए । चण्डेश्वरसँग आजसम्म पुनदेवीको कुरा भएको छैन । जबरासँग कसरी सिफारिस गयोस म सोध्न चाहन्छु । सिफारिस गएकोमा कदापि विश्वास लाग्दैन । यसमा कुनै सम्बन्ध नै छैन । पुनदेवी महर्जनलाई पनि यस्तो लाग्दैन‚’ उनले भने ।
यही कारण सम्पत्ति शुद्धीकरणमा मुद्दा हालेको भन्ने आरोपमा अर्यालले पुष्टि हुने आधार भएकाले प्रत्यक्ष रूपमा संलग्न भएर उजुरी दिएको बताए । ‘व्यक्तिगत प्रतिशोधमा उजुरी दिएको भन्ने कुप्रचारमात्रै हो । सडकबाट वकिलले कसरी योगदान दिन्छ भनेर जोखिम मोलेको हुँ । चोलेन्द्र नियुक्त भएपछि कुनै अपेक्षा नै राखेको थिएन । रञ्जन कोइरालाको हकमा पनि सडकमै आवाज उठाएको थिएँ‚’ अधिवक्ता अर्यालले भने ।
अधिवक्ता अर्यालले व्यक्तिगत प्रतिशोधका कारण नभई पुष्टि हुने आधार भएकाले प्रत्यक्ष रूपमा संलग्न भएर जबराविरुद्ध सम्पत्ति शुद्वीकरणमा उजुरी दिएको बताए ।
‘सडकबाट वकिलले कसरी योगदान दिन्छ भनेर जोखिम मोलेको हुँ’, उनले भनेका छन्, ‘जबराबाट चरित्र हत्या गर्ने काम भएको छ । महाभियोगयुक्त मान्छेले दुष्प्रचार गरे कानुनी उपचार लिन बाध्य हुनेछु ।’
