• ट्रेण्डिङ्ग :
विप्लवका नेता कार्यकर्तामाथिको मुद्दा खारेज गर्ने सरकारको निर्णय 

विप्लवका नेता कार्यकर्तामाथिको मुद्दा खारेज गर्ने सरकारको निर्णय 


  • 4.2K
    SHARES
    • भाद्र ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.5K Views

    विप्लवका नेता कार्यकर्तामाथिको मुद्दा खारेज गर्ने सरकारको निर्णय 

    काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामाथि लागेको मुद्दा खारेज गर्ने निर्णय गरेको छ । 

    images

    यही भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले विप्लवका नेता कार्यकर्तामाथिको मुद्दा खारेज गर्ने र बन्दी नेता कार्यकर्ता रिहा गर्ने निर्णय गरेको हो । 

    पार्टीका प्रवक्ता प्रकाण्डले विज्ञप्ति निकालेर सरकारको निर्णयलाई पार्टीले स्वागत गरेको बताएका छन् । मन्त्रिपरिषद् बैठकबाट मुद्दा खारेजी र बन्दी नेता कार्यकर्ता रिहा गर्ने निर्णय भएपछि प्रकाण्डले धन्यवाद दिएका हुन् ।  

    यस्तै यसअघिको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा सरकार अघि बढेको भन्दै विज्ञप्तिमा खुसी पनि व्यक्त गरिएको छ । 

    release_7gIIGEyeU2.jpg


    तेस्रो आँखा