• ट्रेण्डिङ्ग :
सेनाद्वारा  २२९ अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान (पत्रसहित)

सेनाद्वारा  २२९ अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान (पत्रसहित)


  • 5.5K
    SHARES
    • भाद्र ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    सेनाद्वारा  २२९ अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान (पत्रसहित)

    काठमाडौं । नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ ।  

    images

    खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ पदका लागि आवेदन आह्वान गरिएको हो ।   नेपाली सेनाका सन्तती ११, महिला २२, आदिवासी जनजाती ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ र बाँकी ११७ खुलाका लागि आवेदन आह्वान गरिएको हो । 

    योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फाराम भरी सो को प्रिन्ट–आउटसहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा दरखास्त पेस गर्नुपर्नेछ ।

    सार्वजनिक सूचनामा दरखास्त आज (भदौ ३१) गते देखि असोज २९ गतेसम्म दिन सकिने  उल्लेख छ । 

    004628142gp army.jpg


    तेस्रो आँखा