- तेस्रो आँखा डेस्क
काठामडौं, २७ मंसिर । प्रख्यात युवा ज्योतिष हरिहर खरेलले नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्री पदमा जित्ने भविष्यवाणी गरेका छन् ।
तेस्रो आँखा टेलिभिजनसँग कुरा गर्दै खरेलले थापाले जित्ने एक सय एक प्रतिशत सम्भावना भएको भविष्यवाणी गरेका हुन् । उनले भने गगन थापाको जित सुनिश्चित छ , अहिले टिका लगाइदिए हुन्छ ।
त्यस्तै, उनले अर्को महामन्त्री पदका उम्मेदवार विश्व प्रकाश शर्माले पनि जित्ने बताएका छन् । विश्व प्रकाशको ९८ प्रतिशत जित्ने सम्भावना रहेको उनको भनाइ छ ।
