काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ । आजको बैठकले प्रतिवेदनको सम्बन्धमा निर्णय गर्ने महाअभियोग सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले बताए ।
उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानलाई लिपिबद्ध गर्ने काम आधा सकिएकोले आज नै त्यसलाई अन्तिम रुप दिइने बताएका हुन् । उनले प्रधानन्यायाधीश जबराको सम्पत्ति विवरण पनि समितिलाई प्राप्त भएको र समिति सदस्यहरूले त्यसलाई हेरिरहेको जानकारी दिए ।
जबराको सम्पत्ति विवरणको सम्बन्धमा आज प्रतिवेदन लेखनका क्रममा छलफल हुने पनि उनले बताए । जबराविरुद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।
