• ट्रेण्डिङ्ग :
आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा,  कुन वस्तुमा कति छुट ?

आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा,  कुन वस्तुमा कति छुट ?


  • 5.0K
    SHARES
    • आश्विन १, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा,  कुन वस्तुमा कति छुट ?

    काठमाडौं ।  सरकारले असोज १ गते (आज)देखि कात्तिक १५ सम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सुपथ मूल्य पसलबाट चिनी, घिउलगायत खाद्यान्न वस्तुमा छुट दिने निर्णय भएको छ ।

    images

    साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेश झाका अनुसार उक्त पसलबाट चिनीबाहेक अन्य खाद्यान्नमा प्रतिकिलो र लिटर १० रुपैयाँसम्म छुट दिइएको छ। साल्टले ४२ कार्यालयमा रहेका आउटलेटबाट छुट दिने उनको भनाइ छ ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि ४१ जिल्लामा रहेका बिक्री केन्द्ररआउटलेटबाट छुट दिने निर्णय गरेको छ । विभिन्न ब्रान्डका चामल, दाल, चिउरा, नुन, तेल, आँटा र गेडागुडीमा छुट भए पनि चिनी बिक्री नहुने कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाले बताए । 

    चाडबाडमा सहुलियत दरमा चिनी मुख्यत साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने भएकोले चिनी बिक्री नहुने बताइएको छ ।

    यस्तै खाद्य कम्पनीले घटस्थापनादेखि खसीबोका भित्र्याउने जनाएको छ । 

     


    तेस्रो आँखा