काठमाडौं । अछामको विभिन्न स्थानमा वर्षासँगै आएको पहिरोले जनधनको क्षति गरेको छ । पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । यस्तै पहिरोले घर बगाउँदा १६ जना बेपत्ता भएका छन् ।
अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीका अनुसार अछामको कमलबजार नगरपालिका वडा नम्बर–६ का ७ जना र तुर्माखाँद गाउँपालिका वडानम्बर–५ का ९ जना गरी १६ जना बेपत्ता भएका छन् । उनका अनुसार यी दुई पालिकामा बाढीपहिरोले दुई वटा घर बगाएको छ ।
अहिले बेपत्ताको खोजी थालिएको छ । उनीहरुको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन् । अछाममा अहिले पनि पानी परिरहेको छ । थप विवरण आउन बाँकी छ।
