• ट्रेण्डिङ्ग :
गृहमन्त्रीको निर्देशन :  पहिरो प्रभावितलाई हेलिकोप्टरबाट उद्धार गर्नु

गृहमन्त्रीको निर्देशन :  पहिरो प्रभावितलाई हेलिकोप्टरबाट उद्धार गर्नु


  • 3.4K
    SHARES
    • आश्विन १, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 5.3K Views

    गृहमन्त्रीको निर्देशन :  पहिरो प्रभावितलाई हेलिकोप्टरबाट उद्धार गर्नु

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अछामका पहिरो प्रभावितलाई हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन दिएका छन् ।

    images

    उनले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिएका छन् ।

    यस्तै गृहमन्त्री  खाँणले उनले प्रजिअ मरासिनी र नायब उपरीक्षक डाँगीलाई सरकारको प्रमुख दायित्व नागरिकको जीउ धनको रक्षा गर्न भएको भन्दै बाढी र पहिरोमा परि घाइते भएको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्था गर्न कुनै कसुर बाँकी नराख्न भनेका छन् ।

    पहिरोबाट हालसम्म ११ जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता छन् । अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको प्रजिअ मरासिनीले बताएका छन् ।


    तेस्रो आँखा