काठमाडौं, २७ मंसिर । नेकपा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशको प्रथम सम्मेलनबाट अध्यक्षमा जगत सिम्खडा निर्वाचित भएका छन् ।
उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डे, सचिवमा सुरेन्द्र बस्नेत, सहसचिवमा गोगन मल्ल, विष्णु थापा र कोषाध्यक्षमा शंकर अधिकारी निर्वाचित भएका छन् ।
शनिबार काठमाडौंमा उदघाटन भएको अघिवेशन गएराति अवेर सम्म चलेको थियो । सम्मेलनले १४१ सदस्यीय प्रदेश समितिलाई सर्वसम्मत निवार्चित गरेको छ । सम्मेलनमा आयोजक सहित कुल ६४० जना प्रतिनिधि सहभागी थिए ।
दुई दिन चलेको सम्मेलनको वन्दसत्रमा आयोजक समितिका अध्यक्ष लेखनाथ न्यौपानेले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेशन परिमार्जन सहित पारित भएको छ । आओवादी केन्द्रले राष्ट्रिय सम्मेलन आउँदो पुस ११–१३ मा काठमाडौंमा गर्दैछ ।
