• ट्रेण्डिङ्ग :
कमल थापाको आरोप - प्रतिनिधिसभा संसद्ले भत्ता पचाउने बाहेक कुनै ठोस काम सकेन 

कमल थापाको आरोप - प्रतिनिधिसभा संसद्ले भत्ता पचाउने बाहेक कुनै ठोस काम सकेन 


  • 2.9K
    SHARES
    • आश्विन १, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 4.4K Views

    कमल थापाको आरोप - प्रतिनिधिसभा संसद्ले भत्ता पचाउने बाहेक कुनै ठोस काम सकेन 

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अदालतबाट पुनर्स्थापित भएको प्रतिनिधिसभा संसद्ले भत्ता पचाउने बाहेक  कुनै ठोस काम गर्न नसकेको आरोप लागाएका छन् ।

    images

    प्रतिनिधि सभाको कार्यकाल सकिनु अघि अर्थात आज साँझ सामाजिक सञ्जाल मार्फत् आफ्नो विचार सार्वजनिक गर्दै अध्यक्ष थापाले  जनप्रतिनिधिहरू भत्ता पचाउने बाहेक देश र जनताको हितमा कुनै ठोस काम गर्न असक्षम रहेको समेत बताएका हुन् ।

    उनले पुनर्स्थापित संसद्को अधिकांश समय राजनीतिक दलका लाचार छायाको रूपमा सीमित रहन पुगेको उल्लेख गरेका छन् । उनले ‘दुई पटक संसद् विघटन भयो । अदालतले संसद् पुनर्स्थापना गर्‍यो । अदालतको परमादेशबाट सरकार गठन हुने नौलो परम्परा सुरु भयो । पुनः स्थापित प्रतिनिधिसभाले कुनै ठोस काम गर्न सकेन ।’ उनले भनेका छन्, ‘अधिकांश समय संसद् स्वतन्त्र र सार्वभौम जनताको प्रतिनिधिमूलक संस्था भन्दा पनि राजनीतिक दलका लाचार छायाँकोरुपमा सीमित रह्यो । जनप्रतिनिधिहरू भत्ता पचाउने बाहेक देश र जनताको हितमा कुनै ठोस काम गर्न असक्षम रहे ।’

    राजनीतिक अस्थिरताको अन्त्य र निर्वाचन पछि देशमा शान्ति र स्थायित्व कायम तथा देश विकासको नयाँ युगमा प्रवेश गर्नेछ भन्ने आमजनताको आशा र विश्वासका साथ तत्कालीन नेकपालाई दिए पनि काम हुन नसकेको उनको भनाई छ ।

    ‘लामो समयसम्म कायम रहेको राजनीतिक अस्थिरताको अन्त्य गरी नयाँ निर्वाचन पछि देशमा शान्ति र स्थायित्व कायम हुनेछ तथा देश विकासको नयाँ युगमा प्रवेश गर्नेछ भन्ने आमजनताको आशा र विश्वास थियो । यही आशा र विश्वासको कारण जनताले तत्कालीन नेपाल कम्युनिस्ट पार्टीलाई झन्डै दुई तिहाइ बहुमत प्रदान गरेका थिए । तर, जनताको आशा, विश्वास र भरोसा अनुसार काम हुन सकेन ।’ उनले भने, ‘नेकपा तिन टुक्रामा विभाजित भयो । राजनीतिक अस्थिरताले निरन्तरता पायो ।’

    नेपालको संविधान २०७२ जारी भएपछि भएको पहिलो निर्वाचनबाट खडा भएको प्रतिनिधि सभाको कार्यकाल आज मध्यरातबाट समाप्त हुँदैछ ।

    अध्यक्ष थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्दै लिम्पियाधुरा र कालापानी समेत समेटिएको नेपालको ‘चुच्चे नक्सा’लाई संवैधानिक मान्यता दिलाउने कार्य प्रतिनिधिसभाको ऐतिहासिक काम भएको र यसको श्रेय तत्कालीन सरकारलाई नै जाने बताए ।

    केपी ओली नेतृत्वको सरकार ढल्नु नेपाली राजनीतिको दुर्भाग रहन गएको उनको भनाइ छ । ‘नेपाली राजनीतिको दुर्भाग्य, यही राष्ट्रवादी कामको कारण केपी ओली नेतृत्वको सरकार पतन भयो ।’ उनले लेखेका छन्, ‘यसैको परिणाम स्वरूप आगामी संसदीय निर्वाचनमा राष्ट्रवादी शक्तिलाई जुनसुकै हालतमा पनि पराजित गर्ने र उठ्न नदिने उद्देश्यका साथ विपरीत राजनीतिक विचारधारा बोकेका विभिन्न दलहरूको गठबन्धन निर्माण भएको छ ।’

     


    तेस्रो आँखा