काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसरा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास (बालकोट) मा बैठक सुरु भएको हो ।
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय असोज २ र ३ गते तय गरेकाले जिल्ला र प्रदेशबाट सिफारिस भई आएका उम्मेदवारका नामावली विषयमा बैठकले निर्णय गर्ने बताइएको छ।
