• ट्रेण्डिङ्ग :
नागरिकता विधेयक निर्धारित समयभित्रै प्रमाणीकरण हुनुपर्छ : लोसपा

नागरिकता विधेयक निर्धारित समयभित्रै प्रमाणीकरण हुनुपर्छ : लोसपा


  • 6.8K
    SHARES
    • आश्विन १, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    नागरिकता विधेयक निर्धारित समयभित्रै प्रमाणीकरण हुनुपर्छ : लोसपा

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सङ्घीय संसद्को दुवै सदनबाट दोस्रोपटक समेत पारित भई राष्ट्रिपतिसमक्ष प्रमााणीकरणका निम्ति पेश गरिएको नागरिकता विधेयक निर्धारित समयभित्रै प्रमाणीकरण गर्न आग्रह गरेको छ ।

    images

    लोसपाको केन्द्रीय कार्यकारिणी समितिको भदौ ३१ गते बसेको बैठकले नागरिकता विधेयक प्रमाणीकरण गरी नागरिकको अधिकारलाई सुनिश्चित गर्न माग गर्ने निर्णय गरिएको लोसपाले आज विज्ञप्तिमार्फत जनाएको छ । 

    पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा सम्पन्न उक्त बैठकले असोज ४ गतेसम्म नागरिकता विधेयक प्रमाणीकरण नभए राष्ट्रियता, लोकतन्त्र, मानवअधिकार र नागरिक अधिकारको रक्षार्थ पार्टी बाध्य भएर सङ्घर्षमा जानुपर्ने परिस्थिति आउन सक्नेतर्फ पनि ध्यानाकर्षण गराएको छ ।

    सरकारद्वारा टीकापुर घटनामा मुद्दा लगाइएका रेशम चौधरीलगायतका आन्दोलनकारीहरूलाई मुद्दा खारेज गरी रिहाइ गर्ने निर्णय अत्यन्त सकारात्मक रहेको जनाउँदै कानुनी प्रक्रिया पुर्‍याएर टीकापुरजस्तै महोत्तरी घटनाका मुद्दा खारेज गर्न सरकारसँग आग्रह गरेको छ । 


    तेस्रो आँखा