• ट्रेण्डिङ्ग :
आजदेखि संघीय निर्वाचन प्रक्रिया सुरु, आज र भोलि समानुपातिकको बन्दसूची बुझाइँदै

आजदेखि संघीय निर्वाचन प्रक्रिया सुरु, आज र भोलि समानुपातिकको बन्दसूची बुझाइँदै


  • 3.9K
    SHARES
    • आश्विन २, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.1K Views

    आजदेखि संघीय निर्वाचन प्रक्रिया सुरु, आज र भोलि समानुपातिकको बन्दसूची बुझाइँदै

    काठमाडौं । प्रदेश र प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल गएरातिदेखि सकिएपछि नयाँ निर्वाचन प्रक्रिया सुरु भएको छ ।

    images

    सरकारले आगामी मंसिर ४ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वचनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको हो ।

    निर्वाचन आयोगले दलहरुलाई समानुपातिकतर्फको निर्वाचनका लागि उमेदवारहरुको बन्दसूची बुझाउनका लागि आज र भोलिका लागि तोकेको छ । आज ठूला दलहरुले सूचीलाई अन्तिम रुप दिनेगरी बैठक तथा छलफलहरु गरिहरेका छन् । 


    समानुपातिक सूचीलाई अन्तिम रुप दिन नेपाली कांग्रेसले आठजना सहमहामन्त्रीहरुको कार्यदल नै बनाएर काम गरिरहेको छ । यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले सूची तयार गर्नका लागि आज सचिवालय बैठक बोलाएको छ ।

    आयोगमा दलहरुले आज र भोलि प्रतिनिधिसभातर्फ ११० जना र प्रदेशसभातर्फ २२० जना सदस्यको लागि बन्दसूची पेस गर्नुपर्नेछ । बन्दसूचीमा दलहरुले तोकिएको संख्याको न्यूनतम १० प्रतिशत नाम पेस गर्नुपर्नेछ ।

    समानुपातिक बन्दसूचीमा ५० प्रतिशत महिलाहरुलाई सिफारिस गर्नुपर्ने आयोगले जनाएको छ । प्रत्यक्ष निर्वाचनका लागि भने असोज २३ गतेदेखि प्रक्रिया सुरु हुने आयोगले जनाएको छ । बन्दसूची पेस गर्नेदेखि सबै प्रक्रिया मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ ।

    प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम भने असोज २३ गतेदेखि सुरु हुने छ । असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।


    तेस्रो आँखा