• ट्रेण्डिङ्ग :
राजनीति दल खोल्नु नाङ्लो पसल राख्नु जस्तो हैन : प्रकाशमान सिंह

राजनीति दल खोल्नु नाङ्लो पसल राख्नु जस्तो हैन : प्रकाशमान सिंह


  • 5.9K
    SHARES
    • आश्विन २, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    राजनीति दल खोल्नु नाङ्लो पसल राख्नु जस्तो हैन : प्रकाशमान सिंह

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो नेतृत्वमा स्थापना गरेको दललाई एक दुई वर्ष पनि टिकाउन नसक्नेले केही काम गर्न नसक्ने बताएका छन् ।  

    images

    लौहपुरूष गणेशमान सिंहको २५ ओै स्मृतिदिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले पुरानाले केही गर्न सक्दैनन् भनेर आरोप मात्र लगाउनुनै योग्यतको प्रमाण मान्न नसकिने बताएका हुन् ।  उनले राजनीति दल खोल्नु नाङ्लो पसल राख्नु जस्तो हैन भन्दै नयाँ दल खोलेर  परिवर्तन गर्छु भन्नेको हालत के छ भन्दै प्रश्न समेत गरेका छन् ।

     'नयाँ दलहरु के भन्छन् भने पुरानाले गर्न सकेन । अब हामी आउँछौं, गर्छौ भन्छन्,' नेता सिंहले भने 'आफ्नो नेतृत्वमा स्थापना गरेको दललाई त एक दुई वर्ष टिकाउन सक्दैन भने काम गरेर देखाउनसक्ला ? क्षमता होला ?' राजनीति दल खोल्नु नाङ्लो पसल राख्नु जस्तो हैन भन्दै नयाँ दल खोलेर  परिवर्तन गर्छु भन्ने को हालत के छ ? भनेर प्रस्न समेत गर्नु भयकोछ । 

    अहिलेको व्यवस्थामा भ्रष्टाचार बढ्यो भनेर आलोचना हुने गरेको भन्दै उनले यस्तो अमूर्त कुरा गरेर नहुने बताए । भ्रष्टाचार गर्ने को हो ? उसैलाई यो हो भनेर भन्न सक्नुपर्ने उनको धारणा थियो । स्वच्छ व्यक्तिलाई र भ्रष्ट व्यक्तिलाई पनि एउटै कोटीमा राखेर मूल्यांकन गर्दा समाजमा राम्रो गर्नेहरु पनि निरुत्साहित हुने उनले बताए । व्यवस्थमा रहेको कमजोरी सच्याउनका लागि राम्रो गर्ने मान्छेलाई मौका दिनुपर्ने सिंहको भनाई थियो । 

    कांग्रेस काठमाडौं १ का सांसदसमेत रहेका सिहंले बुद्धि भएका र काम गर्नसक्ने जनशक्ति  विदेश जानबाट रोक्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि हरेक निर्वाचन क्षेत्रमा सिपमूलक तालिमकेन्द्र खोल्नुपर्नेमा जोड दिएका छन् ।  उनले ओलि सरकारका गलत कदम कारण संघीयतामाथि प्रश्न उठेको आरोप समेत लगाएका छन् । समयमा कानुन बनाएर दिनु पर्ने अधिकार स्थानीय र प्रदेश सरकारलाई नदिएकाले प्रश्न उठेको उनको भनाइ छ  ।

    नेता सिंहले ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याउने काम कांग्रेसले गठबन्धन बनाएर गरिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा जितेर कांग्रेसले देशमा राजनीतिक स्थायित्व कायम गरि सम्पन्नताको अभियानमा लैजाने समेत बताएका छन् । 

    अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने प्रणाली भइरहेको भन्दै शिक्षाको नीति र प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको सिहको भनाई छ । शिक्षा सँगै सीप दिनेकामको विकास गर्न आवश्यक रहेको उनको भनाइ छ ।

    नेता सिंहले हरेक वडा कार्यालयमा बोर्डमात्रै नभइ व्यवस्थित स्वास्थ्य संस्थाकोरुपमा  विकास गर्नुपर्ने, देशभरका वडा कार्यालयका क्लिनिकहरूमा प्राथमिक उपचार गर्ने गरि कम्तिमा एक डाक्टरको व्यवस्था गर्नु पर्ने बताए । यस्तै उनले क्षमतावान युवा हरुलाई बिदेशीन रोकि  रोजगारीको अवसर सिर्जना गर्न आवश्यक रहेको बताएका छन् । 

      कार्यक्रममा बागमती प्रदेशका पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले समेत बिकास निर्माण का प्रयास हरुका बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए । 

    नेता सिंहले आफूले पैसा कमाउन, नाम कमाउन नभइ सेवाका लागि राजनीति गरेको बताएका छन् । भारी मतले विजय गराए देश हाँक्ने क्षमता आफूमा रहेको सिंहको भनाइ छ ।


    तेस्रो आँखा