• ट्रेण्डिङ्ग :
बालबालिका हराउँछन्, भेटिँदैनन् !

बालबालिका हराउँछन्, भेटिँदैनन् !


  • 4.4K
    SHARES
    • आश्विन २, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.8K Views

    बालबालिका हराउँछन्, भेटिँदैनन् !

    दाङ ।  दाङमा गत आव ०७८\७९ मा ८३ बालक हराए । तीमध्ये ७३ बालक फेला परेका भने अन्य १० बालक अझै फेला परेका छैनन् । त्यस्तै सोही आवमा एक सय ५८ बालिका हराए भने एक सय ४१ फेला परे । तीमध्ये १६ बालिका अझै फेला पर्न सकेका छैनन् । 

    images

    त्यस्तै चालु आवको साउन र भदौको तेस्रो हप्तामा २० बालक हराए । तीमध्ये १५  फेला परे भने पाँच अझै पनि फेला पर्न सकेका छैनन् ।  त्यस्तै २५ बालिका हराएकामा १७ फेला परेका छन् भने आठजना अझै फेला पर्न सकेका छैनन् ।

    जिल्लामा  गिरोह सक्रिय भएर बालबालिका ओसारपसार गर्ने गरेको घटना भने नभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले बताए ।  कोही घरबाट भारत जाने भनेर उतै हराउने, कोही आफन्तका घरमा जाने भनेर सम्पर्कमा नआउनेजस्ता कारणले बालक हराउने गरेको उहाँको भनाइ थियो । एक ठाउँको हुलिया दिएर अर्कोतिर बस्ने कारणले पनि भेट्टाउन समस्या सहने गरेको उनले बताए ।  

    त्यस्तै बालिकामा पनि बिहे गरेर जाने र परिवारको सम्पर्कमा नआउने जस्ता कारणले पनि हराएको भनी उजुरी पर्ने गरेको प्रहरी नायब उपरीक्षक गौतमले बताए ।  हराएका मान्छे भेटिए पनि आफन्तले खबर नगर्दा पनि हराएकाहरू नभेटिएको तथ्यांकमा नआउने गरेको उनको भनाइ छ ।

    जिल्लामा गत आवमा तीन सय ५३ महिला हराएका छन् भने तीन सय छ जना फेला परेका छन् । ४७ महिला अझै फेला पर्न सकेका छैनन् । त्यस्तै चालु आवको साउन र भदौमा ६० महिला हराएकामा ३५ जना भेटिएका छन् भने २५ जना अझै फेला पर्न सकेका छैनन् । -रासस


    तेस्रो आँखा