• ट्रेण्डिङ्ग :
संघ–प्रदेश चुनाव
कर्णालीमा १ हजार ४ सय ३ मतदान केन्द्र कायम

कर्णालीमा १ हजार ४ सय ३ मतदान केन्द्र कायम


  • 7.1K
    SHARES
    • आश्विन २, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    कर्णालीमा १ हजार ४ सय ३ मतदान केन्द्र कायम

    सुर्खेत । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कर्णाली प्रदेशमा एक हजार चार सय तीन मतदान केन्द्र कायम गरिएको छ । सबैभन्दा बढी  सुर्खेतमा मतदान केन्द्र कायम रहेका छन् भने सबैभन्दा कम हुम्लामा रहेको छन् ।

    images

    सल्यानमा दुई सय दुई मतदाना केन्द्र कायम गरिएको छ भने मतदान स्थलको संख्य एक सय १७ रहेको छ । यस्तै, डोल्पामा ६६ केन्द्र, ६६ स्थल रहेका छन् । मुगुमा ६६ केन्द्र रहेका छन् भने स्थल ६४ कायम गरिएको छ । जुम्लामा एक सय ६ केन्द्र, स्थलको संख्या ८३ रहेको छ ।

    कालिकोटमा एक सय २३ केन्द्र र एक सय तीन स्थल कायम गरिएको छ । हुम्लामा ५९ केन्द्रमा ५८ वटा स्थल, जाजरकोटमा एक सय ४२ केन्द्र रहेकामा ८८ स्थल, दैलेखमा दुई सय सात केन्द्र रहेकामा एक सय ३९ स्थल कायम गरेको निर्वाचन आयोगले जनाएको छ । 

    सुर्खेतमा दुई सय ९३ केन्द्र र एक सय ३९ स्थल कायम भएको छ । रुकुम पश्चिममा एक सय ३९ केन्द्र र ७६ स्थल रहेका छन् । कर्णालीमा जम्मा मतदान स्थल नौ सय ३३ र मतदान स्थल एक हजार चार सय तीन कायम गरेको आयोगले जनाएको छ । 

    यस प्रदेशमा २४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र र १२ वटा प्रतिनिधिसभा क्षेत्र छन् । यहाँ महिला र पुरुष गरी १० लाख आठ हजार तीन सय चार जना मतदाता छन् । 

  • सम्बन्धित विषय:

  • # कर्णाली

  • हेमन्त केसी
    लेखकबाट थप