• ट्रेण्डिङ्ग :
बजेट अभाव
६ वर्षदेखि प्रयोगविहीन मुगुको माटो प्रयोगशाला 

६ वर्षदेखि प्रयोगविहीन मुगुको माटो प्रयोगशाला 


  • 3.3K
    SHARES
    • आश्विन २, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 5.1K Views

    ६ वर्षदेखि प्रयोगविहीन मुगुको माटो प्रयोगशाला 

    मुगु । मुगुमा रहेको माटो प्रयोगशाला ६ वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । ०७३ सालमा पाँच लाख रुपैयाँ लगानी गरेर स्थापना भएको प्रयोगशाला कर्मचारी अभावका कारण प्रयोगविहीन भएको हो ।

    images

    प्रयोगशालाका सामान प्रयोगमा नआउँदा कृषि विकास कार्यालयको एउटा कोठामा थन्किएको छ । प्रयोगशालामा लाखौँ पर्ने बहुमूल्य सामग्री छन् । जिल्ला कृषि विकास कार्यालय मुगुका अनुसार कर्मचारी र बजेट पाए प्रयोगशाला सञ्चालन हुनेछ । कार्यालय प्रमुख खेमराज शाहीले प्रयोगशाला कहिले प्रयोगमा आउँछ भन्नेबारे जानकारी नभएको बताए ।

    माटो प्रयोगशाला ०७३ सालमा कर्णाली प्रदेश सरकारको कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत कर्णालीका १० वटै जिल्लामा स्थापना गरिएको हो ।

    माटो प्रयोगशाला नहुँदा मुगुका किसानले आफ्नो खेतबारीको माटोको गुणस्तर थाहा पाउन सकेका छैनन् । माटो परीक्षणपछि सोहीअनुसार किसानहरूले खेती लगाउने अपेक्षा  प्रयोगशाला नचल्दा अपुरै छ । 

  • सम्बन्धित विषय:

  • # माटो प्रयोगशाला

  • खड्क सुनार
    लेखकबाट थप