• ट्रेण्डिङ्ग :
महाअभियोग प्रकरण
आयोगले भन्यो- चोलेन्द्रमाथिको अवरोध हटाइयोस्

आयोगले भन्यो- चोलेन्द्रमाथिको अवरोध हटाइयोस्


  • 4.4K
    SHARES
    • आश्विन २, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.8K Views

    आयोगले भन्यो- चोलेन्द्रमाथिको अवरोध हटाइयोस्

    राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधानन्यायीश चोलेन्द्र शमशेर जबरामाथिको अवरोध हटाउन सरकारसँग आग्रह गरेको छ । आइतबार प्रधानन्यायाधीश निवास बालुवाटारमा अनुगमनपछि आयोगलेगरेको विज्ञप्ति जारी गर्दै यस प्रकारको गतिरोध अन्त्य गर्न आग्रह गरेको हो । 

    काठमाडौं ।  राष्ट्रिय मानवअधिकार आयोगले निलम्बित प्रधानन्यायीश चोलेन्द्रशमशेर जबरामाथिको अवरोध हटाउन सरकारसँग आग्रह गरेको छ । प्रधानन्यायाधीशनिवास बालुवाटारमा आइतबार अनुगमनपछि आयोगले विज्ञप्ति जारी गर्दै यस प्रकारको गतिरोध अन्त्य गर्न आग्रह गरेको हो । 

    images

    संविधानप्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको राज्यले सम्मान गर्नुपर्ने आयोगको विज्ञप्तिमा भनिएको छ । ‘जुनसुकै व्यक्तिको पनि संविधान प्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको सम्मान गर्नुपर्ने राज्यको दायित्व हुन आउँछ । यसप्रकारका अधिकारहरूमा कुनै पनि बहानामा अवरोध पुग्नु हुँदैन भन्नेमा आयोग दृढ छ । अतः संविधान र कानुनमै टेकेर यस प्रकारको गतिरोध अन्त्य गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

    आयोगले राणाको निवासमा आवत-जावत गर्ने व्यक्तिको निगरानी गरिएको, आवासबाट बाहिर निस्कने सवारीसाधन जाँचमा कडाइ गरिएको र राणाको सवारी स्कर्टिङ टोलीसमेत हटाइएको अनुगमनको क्रममा पाइएको जनाएको छ ।

    चोलेन्द्रले आफू आइतबार सर्वोच्च जाने तयारीमा रहेको समयमा सरकारले घरबाट बाहिर निस्कन नदिएको आरोपसमेत लगाएका छन् ।

  • सम्बन्धित विषय:

  • # महाभियोग प्रकरण

  • तेस्रो आँखा
    लेखकबाट थप