काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवार खुला प्रारम्भिक निर्वाचन प्रक्रियाबाट छनोट गरेको छ ।
खुला प्रारम्भिक निर्वाचन नाम दिएको उक्त अनलाइन मतदान प्रक्रियाबाट धेरै मत पाउनेलाई समानुपातिकको बन्दसूचीमा राख्ने उक्त पार्टीले जनाएको छ । मोवाइल एपमार्फत मतदानको व्यवस्था गरिएको यो प्रक्रियामा खुला प्रारम्भिक निर्वाचनमा ३९ हजार १३ जनाले मतदान गरेको पार्टीका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।

