काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पटिनले युक्रेन युद्धको लक्ष्यबाट पछाडि नहट्ने दाबी गरेका छन् ।
युक्रेनले रुसी कब्जामा गएको भूमि फिर्ता लिन प्रति-आक्रमण बढाईरहेको बेला पुटिनले डोनबास क्षेत्रलाई मुक्त गर्ने लक्ष्यबाटपछि नहट्ने दाबी गरेका हुन् । रुसी भाषीहरुको बाहुल्य रहेको लुहान्स्क र डोनेत्स्कसहित पूरै डोनबास क्षेत्रलाई मुक्त नगरीपछि नहट्ने राष्ट्रपति पुटिनको दृढता रहेको छ ।
रुस जुन लक्ष्यसहित गएको हो त्यो बिस्तारै हात लाग्दै गएको दावी गर्दै उनले प्रति-आक्रमण युक्रेनका लागि घातक हुने चेतावनी समेत दिएका छन् । पूर्वी युक्रेनमा हुने थप क्षतिका लागि युक्रेनी सत्ता र उसलाई उचालिरहेका पश्चिमा देशहरु जिम्मेवार हुने पनि उनले तर्क गरेका छन् ।
