• ट्रेण्डिङ्ग :
समानुपातिकतर्फको बन्दसूची बुझाउने समय आज सकिँदै

समानुपातिकतर्फको बन्दसूची बुझाउने समय आज सकिँदै


  • 3.0K
    SHARES
    • आश्विन ३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 4.7K Views

    समानुपातिकतर्फको बन्दसूची बुझाउने समय आज सकिँदै

    काठमाडौं । निर्वाचन आयोगले  आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउनका लागि तोकेको समय आज सकिँदै छ ।  

    images

    आयोगले तोकेको पहिलो दिन अर्थात हिजो दुई दलले मात्रै बन्दसूची बुझाएका थिए । आइतबार नेपाल समावेशी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले प्रतिनिधिसभातर्फको बन्दसूची पेस गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।   
     
    त्यस्तै, प्रदेशसभाका लागि प्रदेश नम्बर १ मा किराँत खुम्बुवान साझा पार्टी, वाग्मतीमा तामाङशाली पार्टी र मधेस प्रदेशमा तराई मधेस लोकतान्त्रिक पार्टीले बन्दसूची पेस गरेका अर्यालले जानकारी दिए । दलहरू बन्दसूचीका लागि आन्तरिक छलफलमा छन् ।


    तेस्रो आँखा