काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । संविधानको धारा २७७ को उपधारा १ बमोजिम पदक प्रदान गर्न लागिएको हो ।
संविधान दिवसको अवसर पारेर सरकारले आज विभूषित हुनेहरूको नामावली सार्वजनिक गरिएको हो । जसमा नेपाल रत्न स्वर्गीय सुशील कोइरालालाई प्रदान गरिने भएको छ । उनी नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री पनि हुन् ।
त्यसैगरी राष्ट्र गौरवबाट स्वर्गीय जीवराज न्यौपाने ‘आश्रित’, खिलराज रेग्मी र सत्यमोहन जोशीलाई विभूषित गरिने जनाइएको छ ।
