• ट्रेण्डिङ्ग :
पीडामा जनआन्दोलनका घाइते
माग पूरा नभए सामूहिक आत्मदाह गर्नसक्ने चेतावनी 

माग पूरा नभए सामूहिक आत्मदाह गर्नसक्ने चेतावनी 


  • 4.3K
    SHARES
    • आश्विन ३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 6.6K Views

    माग पूरा नभए सामूहिक आत्मदाह गर्नसक्ने चेतावनी 

    काठमाडौं । आफूहरुका माग पूरा नगरे बालुवाटारमा गएर सामुहिक आत्मदाह गर्न सक्ने जनआन्दोलनका घाइतेहरुले चेतावनी दिएका छन् । आफूहरुको बलमा देशमा गणतन्त्र आएको १६ वर्ष पूरा भएपनि कुनै पनि समस्याको सुनुवाइ नभएको भन्दै उनीहरुले आत्मदाह गर्नसक्ने चेतावनी दिएका हुन् ।  

    images

    ऐतिहासिक जनआन्दोलन घाइते पीडित समाजले संविधान बनेपछि जनताका समस्या समाधान गर्नभन्दा आफूहरुको हितका लागि मात्रै नेता लागेको गुनसो गरेको छ । यस्तै समाजले जनताको सपना पूरा होला भनेर आन्दोलन गर्ने घाइतेहरुको समस्या नसुनिएको पनि गुनासो गरेको छ । 

    समाजका कोषाध्यक्ष नन्दप्रसाद रुपाखेतीले जनआन्दोदनको १६ वर्षपछि पनि आफ्ना समस्याहरु उस्तै हुनु आफूहरुमाथिको दुव्र्यवहार भएको दाबी गरे । उनले आफूहरुका माग अझै पनि सम्बोधन नगरिए असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउन बाध्य हुने जनाएका छन् । 

    आफूहरुले  जनआन्दोलन गरेर संविधान बनेपनि कुनै पनि धारामा जनआन्दोलनका घाइतेहरुका सम्बन्धमा नलेखिनु अपमान भएको घाइतेहरुको गुनासो छ । समाजका कोषाध्यक्ष रुपाखेती भन्छन्,‘संविधानसभाबाट संविधान बन्न ढिलो हुँदा पनि चिन्ता लागेको थियो र संविधान बनिसकेपछि पनि चिन्ता लागेको छ । सहिदलाई पटक्कै संझिएनन् ।’

    केही दिनअघि समाजले जनआन्दोलनका घाइतेहरुलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा समानुपातिक कोटा दिनुपर्ने माग गर्दै प्रायः सवै दलका  शीर्ष नेतालाई ज्ञापनपत्र पनि बुझाएको थियो । तर अहिलेसम्म कुनै पनि दलबाट प्रतिक्रिया नआएको समाजले जनाएको छ ।  

    देशमा नेताका लागि मात्रै संविधान बनेको जनआन्दोलनका घाइतेहरुले प्रतिक्रिया दिएका छन् । २०६२/६३ सालको आन्दोलनको जगमा बसेर संविधान निर्माण गरेपनि फाइदा जनतालाई नभइ नेतालाई मात्रै भएको उनीहरु दाबी गर्छन्। ऐतिहासिक जनआन्दोलन घाइते पीडित समाजले संविधान दिवसका दिन सोमबार प्रधानमन्त्रीलाई आफ्ना समस्याहरु राख्न बालुवाटारमा पुग्दा वेवास्ता गरिएको गुनासो गरेको छ । आफुहरु जनआन्दोलनमा होमिएर संविधान बनेपनि समस्याहरु ज्यूका त्यु रहेका भन्दै समाजमा आबद्ध पदाधिकारी तथा अन्य घाइतेहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । 

    घाइतेका समस्याहरु प्रधानमन्त्रीका स्वकीय सचिव भानु कोइरालालाई राख्न खोजेपनि सुरक्षागार्डले हस्तक्षेप गरी आफूहरुको सुनुवाइ गर्न नखोजेको उनीहरुले गुनासो गरेका छन्। संविधान दिवसका दिन प्रधानमन्त्री देउवालाई जनआन्दोलनका घाइते भेट्न गएका बेला गठबन्धनको बैठकको बहानामा पन्छिनु ठीक नभएको समाजका कोषाध्यक्ष रुपाखेतीले तेस्रो आँखासँग कुराकानी गर्दै गुनासो गरेका छन् । २०६२/६३ को जनआन्दोलनमा १३ हजार ४ सय ५१ जना घाइते भएका थिए । घाइतेमध्ये चार हजारले मात्रै परिचयपत्र पाएका छन् ।  

     

  • सम्बन्धित विषय:

  • # जनआन्दोलनका घाइते
  • # ऐतिहासिक जनआन्दोलन

  • तेस्रो आँखा