• ट्रेण्डिङ्ग :
आठ दलले प्रदेशसभा समानुपातिक निर्वाचन सूची दर्ता गराए

आठ दलले प्रदेशसभा समानुपातिक निर्वाचन सूची दर्ता गराए


  • 3.7K
    SHARES
    • आश्विन ३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 5.7K Views

    आठ दलले प्रदेशसभा समानुपातिक निर्वाचन सूची दर्ता गराए

    काठमाडौं ।  विभिन्न आठ राजनीतिक दलले प्रदेशसभातर्फ समानुपातिक निर्वाचन सूची दर्ता गराएका छन् । आयोगले आज सोमबार अपराह्न ४ः३० बजे उपलब्ध गराएको विवरणमा ती दलले प्रदेशसभा समानुपातिक निर्वाचन सूची दर्ता गराएका हुन् । 

    images

    प्रदेश १ मा तीन, मधेसमा दुई, बागमतीमा तीन, गण्डकीमा दुई, लुम्बिनीमा एक, कर्णालीमा एक र सुदूरपश्चिममा तीन पार्टीले सूची गर्दा गराएका छन् ।

    आयोगका अनुसार राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय नागरिक पार्टी, किराँत खुम्बुवान साझा पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, बहुजन एकता पार्टी नेपाल र ताम्सालिङ लोकतान्त्रिक पार्टीले समानुपातिक निर्वाचन सूची दर्ता गराएका छन् । 

  • सम्बन्धित विषय:

  • # प्रदेशसभा समानुपातिक निर्वाचन

  • तेस्रो आँखा