काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार गोठाटारको कृष्ण मन्दिरनजिकै पल्सर मोटरसाइकलमा आएका दुईजना अपरिचित व्यक्तिले गोली प्रहार गरेर फरार भएका हुन् ।
गोली प्रहारबाट एकजना घाइते भएको प्रहरीले जनाएको छ । गोली लागेर सर्लाही गोडैता नगरपालिका २, मुस्लिम टोलका लाल मोहम्मल दर्जी घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीले गोली प्रहारमा संलग्नको खोजीकार्य तीव्र पारेको छ।
घटनास्थलमा अपराध अनुसन्धान महाशाखाको टोली र जिल्ला प्रहरी परिसरको प्रहरी टोली परिचालन गरिएको छ । घाइतेको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भइरहेको प्रहरीले जनाएको छ ।
