• ट्रेण्डिङ्ग :
संविधान दिवसका नाममा अपराधीलाई जेलमुक्त गर्नु ठीक होइन : प्रेम सुवाल

संविधान दिवसका नाममा अपराधीलाई जेलमुक्त गर्नु ठीक होइन : प्रेम सुवाल


  • 3.6K
    SHARES
    • आश्विन ३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 5.5K Views

    संविधान दिवसका नाममा अपराधीलाई जेलमुक्त गर्नु ठीक होइन : प्रेम सुवाल

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले महाअभियोग लागेका चोलेन्द्रशमशेर जबराको समूहले संसद् पुनर्स्थापना गरेर गल्ती गरेको बताएका छन् ।

    images

    संविधान दिवसको अवसरमा सोमबार भक्तपुरमा भएको प्रवचन कार्यक्रममा सचिव सुवाललेसंसद् विघटन गरी नयाँ जनादेशका लागि चुनावमा जानसक्ने अधिकारविरुद्ध संसदलाई पुनर्स्थापना गरेर गल्ती गरेको पार्टीको धारणा रहेको  बताएका हुन् । 

    उनले न्यायालयले शक्तिपृथकीकरण सिद्धान्तको विपरीत हस्तक्षेपकारी भूमिका खेलेको आरोप लगाए । न्याय माफियाको कब्जामा रहेको आरोप लगाउँदै सुवालले न्यायाधीश र वकिलको कब्जामा न्यायालय पुगेको भनाइ राखे । जसरी भूमाफिया, बैंक माफिया हुन्छ, त्यसरी नै न्यायालय पनि माफियाको कब्जामा छ,’ उनले भने । न्यायालय पनि सेटिङमा चल्ने गरेको आरोप उनको थियो ।

    उनले संसद् विघटन प्रधानमन्त्रीको भरेको बन्दुकसरह हुने भन्दै जबराले गरेको संसद् पुनर्स्थापना ताजा जनादेश लिने चुनावको विपक्षमा रहेको बताए । ‘चुनावमा जानलाई रोक्नु राम्रो परमादेश होइन,’ उनले भने ।

    संविधान दिवसको नाममा जेलमा रहेका अपराधीलाई अपराध माफी गरी जेलमुक्त गर्नु ठिक नभएको उनको भनाइ थियो । बरु जघन्य अपराध गर्नेलाई मृत्युदण्ड सजायको बन्दोबस्त हुनुपर्ने पार्टीको धारणा रहेको उनले बताए । 


    तेस्रो आँखा