काठमाडौं । औषधि व्यवस्था विभागले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । विभागले करार सेवामा पाँच फार्मेसी अधिकृत र १० फार्मेसी सुपरभाइजर माग गरेको हो ।
फार्मेसी अधिकृतका लागि न्यूनतम योग्यता फार्मेसी विषयमा कम्तीमा स्नातक उत्तीर्ण हुनुपर्नेछ भने फार्मेसी सुपरभाइजरका लागि फार्मेसी विषयमा कम्तीमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्नेछ । असोज २४ गतेभित्र दरखास्त दिन सकिनेछ ।
