काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तीन लाख सेना परिचालन गर्ने घोषणा गरेपछि रुपमा प्रदर्शन भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आंशिक रूपमा सेना परिचालन गर्ने घोषणा गरेका हुन् । यसको विरोधमा रुसमा भएको प्रदर्शनमा झण्डै एक हजार प्रदर्शनकारी पक्राउ परेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा थप तीन लाख सेना खटाउने घोषणा गरेलगत्तै रुसमा विरोध प्रदर्शन गरिएको थियो ।
जगेडा सैनिक परिचालनको आदेशपछि स्वदेशी तथा विदेशी नागरिकले रुस छोड्न थालेका छन् । रुसबाट बाहिरिने धेरैजसो उडान पूर्ण रूपमा बुकिङ भएका एअरलाइन्स र ट्राभल एजेन्टले जनाएका छन् ।
एभियासेल्स वेबसाइटका अनुसार पूर्व सोभियत देश अर्मेनिया, जर्जिया, अजरबैजान र कजाखस्तानका सहरहरूमा हुने सिधा उडानको टिकट पूरै बिक्री भएका छन् ।
