काठमाडौं । नेपाली चलचित्र ‘प्रेम गीत–३’ आजबाट नेपालसँगै विभिन्न देशमा रिलिज भएको छ । प्रेम गीत–३’ विश्वभरका १२ सय थिएटरमा आज रिलिज भएको निर्माण पक्षले दाबी गरेको छ ।
यसले आज पहिलो दिन वर्ल्डवाइड ५ करोडभन्दा माथिको ओपनिङ गर्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतमा ५ सयभन्दा धेरै हलमा रिलिज भएको निर्माण पक्षको दाबी छ । भारतमा हिन्दी भाषामा ‘प्रेम गीत–३’ रिलिज भएको हो । भारतका थिएटरमा नेपाली सिनेमा हिन्दीमा डबिङ भएर रिलिज भएको यो नै पहिलो चलचित्र हो ।
सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का र कृष्टिना गुरुङ मुख्य भूमिकामा छन् । प्रेम गीत–३’को हिन्दी संस्करण भने नेपालमा सोमबारबाट मात्रै लाग्ने भएको छ ।
