काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीका साधारण र संस्थापक गरी कुल २५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबारको ओपनिङ रेन्ज प्रति कित्ता १०५.३६ रुपैयाँदेखि ३१६.०८ रुपैयाँ तोकिएको छ। नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबारका लागि पछिल्लो आर्थिक वर्षको अडिटेड ब्यालेन्स सीटको नेटवर्थदेखि नेटवर्थको ३ गुणा ओपनिङ रेञ्ज तोक्ने गर्छ ।
सोही रेञ्जको बीचमा नेप्सेको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको सेयर कारोबार सुरु भएपनि दोस्रो बजारमा नियमित कारोबार गर्न सकिनेछ ।
सर्वसाधारण लगानीकर्ताहरुमा (कर्मचारीसहित) बिक्री गरेको ९ लाख ७५ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको १५ लाख २५ हजार कित्ता गरी कुल २५ लाख कित्ता सेयर सूचिकृत भएको हो ।
