• ट्रेण्डिङ्ग :
साझा कर्मचारी संगठन बनाउन पम्फा भुसालको आग्रह

साझा कर्मचारी संगठन बनाउन पम्फा भुसालको आग्रह


  • 4.3K
    SHARES
    • आश्विन ७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.5K Views

    साझा कर्मचारी संगठन बनाउन पम्फा भुसालको आग्रह

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारीलाई साझा संगठन बनाउन आग्रह गरेकी छन् ।

    images

    नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ११औँ एकता अधिवेशन कार्यक्रममा उनले फरकफरक संगठनभन्दा एउटै सङ्गठन बनाएर कर्मचारीको हकहितमा लाग्न सुझाव दिइन् । 'आधिकारिक ढङ्गले सबै मिलेर एउटा युनियन बनाउनुहोस्',उनले भनिन् ।

    आफू लामो समयदेखि राजनीतिमा संलग्न रहेको दृष्टान्त पेश गर्दै मन्त्री भुसालले कर्मचारीले कार्यालय समयमा राजनीति गर्न नहुने बताइन् ।'कार्यालय अवधिमा कसैले पनि राजनीति नगर्नुहोस्', उनले भनिन्, 'प्राधिकरणको उन्नति र प्रगतिको मात्र कुरा गर्नुहोस् ।'

    उनले प्राधिकरणको विकास तथा जनतालाई राहत र सुविधा दिने विषयमा ध्यान दिन कर्मचारीसँग आग्रह गरिन् । 'प्राधिकरणमा क्रियाशील पाँच वटा कर्मचारी युनियनलाई एक बनाउनुहोस्, सकेसम्म साझा हितमा लाग्नुहोस्', उनले भनिन्। 

     

  • सम्बन्धित विषय:

  • # पम्फा भुसाल

  • तेस्रो आँखा