काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भोजपुरका कोषाध्यक्ष अगमसिंह राई नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
रुद्राक्ष व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका राईलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा स्वागत गरेका हुन् । राई शुक्रबार कांग्रेस प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्दै राईले महामन्त्री थापा प्रति ठूलो आशा र भरोसा रहेको बताएका छन्। उनले भने, ‘महामन्त्री ज्यू, हामी तपाईको विश्वास र भरोसाका साथ कांग्रेस प्रवेश गरेका छौं। हामीलाई विश्वास छ, महामन्त्रीज्यूले कांग्रेसलाई जनताको पार्टी बनाउनु हुनेछ।’
