• ट्रेण्डिङ्ग :
 मस्जिदमा बम बिस्फोट, सात जनाको मृत्यु 

 मस्जिदमा बम बिस्फोट, सात जनाको मृत्यु 


  • 3.8K
    SHARES
    • आश्विन ८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 5.8K Views

     मस्जिदमा बम बिस्फोट, सात जनाको मृत्यु 

    काठमाडौं । अफगानिस्तानको काबुलस्थित एक मस्जिदमा कार बम बिस्फोट हुँदा सात जनाको मृत्यु भएको छ । सो विस्फोटमा परेर कम्तिमा ४० जना घाइते भएका छन् ।

    images

    शुक्रबारको नियमित प्रार्थनाका क्रममा भएको श्रृंखलावद्ध बम बिस्फोटमा ती व्यक्ति मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सो बिस्फोटका हालसम्म कसैले पनि जिम्मा लिएको छैन ।नमाज पढेर मस्जिदबाट बाहिर निस्कने क्रममा सो बिस्फोट गराइएको काबुलका प्रहरी अधिकारीहरुले जनाएका छन् ।

    तालिवानी अधिकारीहरुका अनुसार गम्भीर घाइतेहरु धेरै भएकाले मृतकको संख्या अझै बढ्नसक्ने छ । आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल माफी टकोरले मस्जिद नजिकै मुख्य सडकमा बिस्फोट भएको र सो घटनाको अनुसन्धान भइरहेको बताए । 

    काबुलस्थित राष्ट्रसंघीय मिसनले बिस्फोटले अफगानिस्तानमा जारी असुरक्षा र आतंकवादी गतिविधिको तीतो सम्झना भएको जनाएको छ । पछिल्ला महिनाहरुमा शुक्रबारको प्रार्थनालाई लक्षित गरी लगातार बिस्फोट हुँदै आएका छन् । तर, ती बिस्फोटका घटना नियन्त्रण गर्न तालिवानी सरकार असफल भएको भन्दै चर्को आलोचना भएको छ ।

    सन् २०२० मा वजीर अकबर खान मस्जिदमा भएको बिस्फोटमा परेर मस्जिदका प्रार्थना नेतासहित दुई जनाको मृत्यु भएको थियो ।


    तेस्रो आँखा