काठमाडौं । जनकपुरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ ।
जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले ओलीलाई कालो झण्डा देखाएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको र एमालेले त्यसलाई समर्थन गरेको भन्दै ओलीलाई कालो झण्डा देखाइएको हो ।
ओली आज रेलयात्राका लागि जनकपुर पुगेका हुन् । जनकपुरदेखि महिनापुरसम्म रेल चढेर उनी पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।
