• ट्रेण्डिङ्ग :
प्रदेश १ सरकारको मुख्य न्यायाधिवक्तामा परिवर्तन राई 

प्रदेश १ सरकारको मुख्य न्यायाधिवक्तामा परिवर्तन राई 


  • 3.2K
    SHARES
    • आश्विन ८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 4.9K Views

    प्रदेश १ सरकारको मुख्य न्यायाधिवक्तामा परिवर्तन राई 

      काठमाडौं । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठका ठाउँमा परिवर्तन राईलाई नियुक्त गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको मन्त्रिपरिषद् बैठकले यसअघि २०७८ मंसिरमा मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको थियो । 

    images

     राई प्रदेश १ सरकारले नियुक्ति गरेका मुख्य न्यायाधिवक्ताको तेस्रो नम्बरमा परेका छन् । दोस्रो नम्बरमा श्रेष्ठ थिए भने प्रथम मुख्य न्यायाधिवक्तामा तत्कालीन शेरधन राई नेतृत्वको सरकारले २०७४ चैतमा अधिवक्ता चुडामणि आचार्यलाई नियुक्त गरेको थियो । राईको सपथग्रहण कार्यक्रम भोलि (आइतबार)का लागि राखिएको प्रदेश १ मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । 


    तेस्रो आँखा