गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । हिमपहिरोमा परेर केही पर्यटक बेपत्ता भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी अधिकारीले पत्रकारलाई जानकारी दिएका छन् ।
मानवीय क्षतिको अहिलेसम्म पुष्टि भने भएको छैन । प्रहरी घटनास्थलतर्फ गएको छ । पर्यटन विभागले पनि हिमपहिरो गएको पुष्टि गरेको छ ।
