• ट्रेण्डिङ्ग :
बाढी-पहिरो
अविरल वर्षापछि ग्रामीण सडक अवरुद्ध

अविरल वर्षापछि ग्रामीण सडक अवरुद्ध


  • 4.2K
    SHARES
    • आश्विन १०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 6.5K Views

    अविरल वर्षापछि ग्रामीण सडक अवरुद्ध

    दिपायल । शनिबारदेखि परेको अविरल वर्षाका कारण डोटीका दर्जन बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । सडकका कतिपय स्थानमा पहिरो गएको छ भने अधिकांश सडक भल बाढीका कारण यातायात सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

    images

    वर्षाका कारण बडीकेदार गाउँपालिकाको सुवा खान हुँदै देवली रिसडी  सडक, अन्तरकाँडा हुँदै रनतोला सडक, बोगटान फुड्सिल गाउँपालिकाको छिडीखानबाट केदार अखडा सडक, चवारा चौताराबाट सातफरी धिर्गामा नडौ सडक, जोरायल गाउँपालिकाको बिपी नगर खसरेबाट गड्सेरा सडकलगायत डोटीका दर्जन बढी पहिरो र खहरे खोलाले ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् । 

    डोटीका ग्रामीण क्षेत्रका सडक पनि वर्षाका कारण अवरुद्ध छन् । वातावरणीय प्रभाव मूल्याङ्कनको वास्ता नगरी जथाभावी ट्रयाक खोलिएका कारण सामान्य वर्षा हुँदा पनि ग्रामीण सडक अवरुद्ध हुने गरेको जोरायल गाउँपालिका–५ का लक्ष्मण देउवाले बताए ।

    ट्रयाक खुलेलगत्तै सुक्खा मौसममा यातायात सञ्चालनमा ल्याइएका कतिपय सडक अहिले कामै नलाग्ने अवस्थामा पुगेको बडीकेदार गाउँपालिकाका स्थानीय मीन शाहले बताए ।

  • सम्बन्धित विषय:

  • # ग्रामीण सडक

  • तेस्रो आँखा
    लेखकबाट थप