• ट्रेण्डिङ्ग :
स्वास्थ्य परीक्षण
सिङमा रातो स्टिकर लगाएका खसीबोका खरिद नगर्न विभागको आग्रह 

सिङमा रातो स्टिकर लगाएका खसीबोका खरिद नगर्न विभागको आग्रह 


५० जना पशु चिकित्सकको टोलीले परीक्षण गर्ने

  • 3.4K
    SHARES
    • आश्विन ११, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 5.3K Views

    सिङमा रातो स्टिकर लगाएका खसीबोका खरिद नगर्न विभागको आग्रह 

    काठमाडौं । काठमाडौं उपत्यकामा पशुसेवा विभागले विभिन्न १० ठाउँमा आजबाट खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

    images

    आजदेखि नवमीसम्म ५० जना पशु चिकित्सकको टोलीले विभिन्न ठाउँमा गएर खसीबोका स्वस्थ रहे नगरेको परीक्षण गर्ने बताइएको छ ।

    दसैँमा उपभोक्ताको स्वास्थ्यमा असरपर्ने अस्वस्थकर खसीबोका भित्रिन सक्ने हुनाले विभागले विभिन्न १० ठाउँबाट स्वास्थ्य परीक्षण गर्न लागेको हो ।  पशु चिकित्सकले कलंकी, चन्द्रागिरि, टुकुचा, टोखा, चाल्नाखेल, सल्लाघारी, बल्खु, लोकन्थलीलगायत ठाउँमा गएर खसीबोकाको स्वास्थ्य परीक्षण गर्नेछन् । 


    स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको सिंगमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइने विभागले बताएको छ ।  खसीबोकाको सिङमा रातो स्टिकर लगाएको अस्वस्थकर हुने हुँदा उपभोक्तालाई खरिद नगर्न विभागले भनेको छ । 


    तेस्रो आँखा