• ट्रेण्डिङ्ग :
श्री एयरको माउन्टेन फ्लाइट पुनः सुरु

श्री एयरको माउन्टेन फ्लाइट पुनः सुरु


  • 4.9K
    SHARES
    • आश्विन ११, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    श्री एयरको माउन्टेन फ्लाइट पुनः सुरु

    काठमाडौं । कोभिड–१९ को स‌ंक्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान) पुन: सुरु भएको छ । कोभिडका कारण तीन वर्षदेखि उक्त एयरलाइन्सको  पर्वतीय उडान रोकिएको थियो । कोरोना स‌ंक्रमण नियन्त्रणमा आउनाका साथै जनजीवन सहज भएसँगै पर्यटकको सुविधालाई ध्यानमा राख्दै पुनः माउन्टेन फ्लाइट सुरु गरिएको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिएका छन् ।

    images

    श्री एयरलाइन्सले सीआरजे २०० सिरिजको जहाजमार्फत २५ हजार फिट उचाइमा यो उडान सेवा दिने भएको छ । उक्त उडानमा नेपालीका लागि  १५ हजार रुपियाँ र विदेशीका लागि २३० अमेरिकी डलर भाडादर निर्धारण गरिएको छ । हरेक दिन बिहान ६:३० बजेदेखि  थालिने माउन्टेन फ्लाइटको उडान अवधि ५० मिनेटको हुने जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # श्री एयरलाइन्स

  • तेस्रो आँखा