• ट्रेण्डिङ्ग :
संविधान बचाउनका लागि गठबन्धन : मन्त्री बडू

संविधान बचाउनका लागि गठबन्धन : मन्त्री बडू


  • 3.1K
    SHARES
    • आश्विन ११, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 4.8K Views

    संविधान बचाउनका लागि गठबन्धन : मन्त्री बडू

    काठमाडौं  । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संविधानलाई बचाउनको निम्ति गठबन्धन बनेको बताएका छन् । मंगलवार नेपाल निजामती कर्मचारी युनियनले बडा दसैँ तथा शुभ दिपावली लगायतका पर्वहरूको अवसरमा काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् ।

    images

    उनले तत्कालिन सत्तारुढ पार्टीले दुई पटक संसद् विघटन गरेर संविधानलाई मार्न खोजेकाले संविधानलाई बचाउनका लागि गठबन्धन भएको बताए । उनले नेपाली कांग्रेसले राजनीतिलाई ठिक ठाउँमा पुर्‍याएको बताउँदै कांग्रेसले नै सबैलाई एकै ठाउँमा ल्याएर नेतृत्व गर्न सफल भएको दाबी गरे।

    मुलुकको स्थिरताका लागि प्रतिपक्षमा रहेको कांग्रेसलाई खोजेर मुलुकको नेतृत्व दिनुपरेको उनले बताए । उनले भने, ‘खतराबाट बाँचेका छौँ हामी । यो संविधान बाँचेको छ । यसलाई अझ बचाउनु पर्छ । त्यसकारण बन्यो गठबन्धन । त्यसकारण यो बन्नुपर्ने भइराखेको छ । हामी त प्रतिपक्षमा छँदै थियौँ । हामीले हो र भत्काएको यो ? तर यो भत्किँदा मुलुकमा स्थिरताका लागि र संविधान खतरामा पर्‍यो है कहाँ छ कांग्रेस ? भनेर खोज्नु परेन रु फेरि लिड गर्‍यो । र हामी बचाउँदै छौँ । हाम्रो नेतृत्वमा यो मुलुकको संघीय संसद, प्रादेशिक संसद तयार हुँदैछ । यो संविधान बाँच्छ । यो संविधान बचाउने लडाईं र संविधान समाप्त गर्नेहरुको बीचको एउटा जनमत बन्नसक्छ ।’

     

  • सम्बन्धित विषय:

  • # मन्त्री बडू

  • तेस्रो आँखा