• ट्रेण्डिङ्ग :
एन्फाले दुई सदस्यको टुंगो लगाउने 

एन्फाले दुई सदस्यको टुंगो लगाउने 


  • 4.2K
    SHARES
    • आश्विन १२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 6.4K Views

    एन्फाले दुई सदस्यको टुंगो लगाउने 

    काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारणसभा आज हुँदैछ ।  त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा हुने विशेष साधरणसभाले कार्यसमितिमा बाँकी रहेका दुई सदस्यको लागि निर्वाचित गर्नेछ ।

    images

    असार ६ मा सम्पन्न एन्फाको २१औं चुनावी साधारणसभाले २१ सदस्यीय कार्यसमितिमध्ये १९ जनाको मात्रै टुङ्गो लगाएको थियो । चार सदस्यबीच मत बराबरी भएपछि विशेष साधरणसभामा बाँकी दुई सदस्यका लागि निर्वाचन हुने बताइएको थियो ।

    जसअनुसार रुपेश अधिकारी,लोकेन्द्र गुरुङ, दिपक थापा र दिपेन्द्र धिमालबीच निर्वाचन हुनेछ । चारै जनाले समान ३९ मत प्राप्त गरेका थिए । चार मध्ये अधिकारी, गुरुङ र थापा तत्कालिन अध्यक्ष कर्मा छिरिङ शेर्पा प्यानलका हुन् भने धिमाल वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङ प्यानलका हुन् ।

    असार ६ को चुनावी साधरणभाले अध्यक्षमा पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, चार उपाध्यक्षमा विराटजंग शाही, कुमार केसी, दिपक खतिवडा र दावा लामा , महिला सदस्यमा पेमा डोल्मा लामा र सरिला श्रेष्ठ, १३ खुल्ला सदस्यहरुमा महेन्द्र क्षेत्री, भोजराज शाही, मनिष जोशी, अनिल मल्ल, पुरुषोत्तम थापा, विजय नारायण श्रेष्ठ, रविन्द्र चन्द,टिका लामा, रमेश व्यञ्जनकार, भरत बुढथापा र मणिराज विष्ट निर्वाचित भएका थिए ।

  • सम्बन्धित विषय:

  • # विशेष साधरणसभा

  • तेस्रो आँखा
    लेखकबाट थप